काठमाडौं-काठमाडौँ उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीविरद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
उनीविरुद्ध गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको उजुरी परेको थियो। त्यसमा छानिबन गर्दा आयभन्दा बढी सम्पत्ति देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख गरिएको छ।






प्रतिक्रिया