अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र नेकपाले पनि दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी

एमाले र नेकपाले पनि दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी


काठमाडौं-संघीय संसद् अन्तर्गतको संयुक्त समिति र प्रतिनिधि सभाको विषयगत समितिमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दिएका छन्। 

बिहीबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर दुवै दलका सांसदले दुई वटा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराएका हुन् । उनको प्रश्तावकमा नेपाली काँग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन् ।

संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ।

बिहीवार सिंहदरबारमा समितिको सभापतिका लागि नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रश्तावक र समर्थकमा जनकराज जोशी र पुष्पराज कँडेल रहेका छन्।