अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा

कांग्रेस विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा


काठमाडौं-नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले कांग्रेस विवादसम्बन्धी रिटलाई हेर्दाहेर्दैमा राखेको हो।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

यस रिटमाथि गत चैत २७ मा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनवाइ भएको थियो। संयुक्त इजलासले विशेष महाधिवेशनबाट चुनिएका सभापति थापालगायत विपक्षीलाई पेसीको सूचना दिन आदेश दिएको थियो।