अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल, के-के भयाे कुराकानी

प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल, के-के भयाे कुराकानी


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। आज प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन्।

विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेकाे थियाे ।

छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको प्रधानमन्त्री शाहकाे सचिवालयले जनाएकाे छ । 

छलफलमा मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कर्णालीका मुख्यमन्त्री यामलाल कडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य सहभागी थिए।