अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोलामा रु.एक सयले घट्यो सुनको मूल्य

तोलामा रु.एक सयले घट्यो सुनको मूल्य


काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ।