पृष्ठभूमी
पार्टीहरू समान विचार उद्देश्य र लक्ष्य भएका व्यक्ति र समूह मिलेर बन्छन्। व्यक्तिहरू दर्शन विचार नीति सिद्धान्त, वर्ग पक्ष धरता र सङ्गठन सँग जोडिएका हुन्छन्। मूलतः पार्टीहरू राज्यसत्ता प्राप्ति र राज्य सञ्चालनको उद्देश्यका साथ गठित हुन्छन्। पार्टीहरूको निश्चित वर्ग आधार, दर्शन, लक्ष्य, उद्देश्य र कार्यक्रम हुन्छ। यसको आधारमा पार्टीहरूलाई समाजवादी, पुँजीवादी, वामपन्थी, दक्षिणपन्थी, प्रगतिशील, प्रतिगामी भनी विभिन्न कित्तामा विभाजन गरिन्छ।
मैले यस लेखमा नेपालका सबै पार्टीको बारेमा चर्चा गर्न खोजेको होइन। नेपाल कम्युनिस्ट पार्टी एमालेको विचार, सिद्धान्त नीति कार्यक्रम र आगामी बाटोको बारेमा विचारहरू प्रस्तुत गर्न जमर्को गरेको छु। नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि रूपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ वैशाख १०, तदनुसार २२ अप्रिल, १९४९ मा भएको थियो। नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका स्थापनाको लागि सामन्तवाद-साम्राज्यवाद विरोधी सङ्घर्षका क्रममा यो पार्टी विकास भएको छ। विभिन्न काल खण्डमा फुट, विभाजन तथा एकताका अनेक उतार-चढाव पार गर्दै नेपालको निर्णायक राजनीतिक शक्ति रूपमा विकास भएको छ। यसले विभिन्न समयमा राज्य सञ्चालनका समेत अनुभवहरू हासिल गर्दै अघि बढ्ने क्रममा यो पार्टी आज नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी लोकप्रिय पार्टीको रूपमा स्थापित भएको छ।
नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित भएको छ। यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद,लेनिनवाद र जनताको बहुदलीय जनवाद हो। नेपाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय लगायत सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विश्व कम्युनिस्ट आन्दोलनको सिद्धान्त अभिन्न अङ्गको रुप विकास भएको छ।
सांगठानिक अराजकताको बिम्ब
नेकपा एमालेको पार्टी पंक्ति आज बिचार, दर्शन, सिद्धान्त र वर्ग पक्ष धरताबाट क्रमशः विचलित हुँदै गएको गुनासो छ। कम्युनिस्ट आन्दोलन भित्र व्यक्तिवादी भ्रूणको अुकुरण हुदैछ। हुनत आन्दोलन भित्र यस्ता भ्रूण हिजो पनि थियो आज पनि छ। यसले आन्दोलनमा कस्तो प्रभाव पारेको थियो भन्ने कुरा विगतको कम्युनिस्ट आन्दोलनको उत्थान र पतनको इतिहास अध्यायन गर्दा प्रस्ट हुन्छ। नेकपा एमालेको विगत इतिहास नियाल्दा यस्ता विकृतिहरू ऐना जस्तै छर्लङ्ग देखिन्छ, यिनै सैद्धान्तिक र सागठानिक विचलनको कारण धेरै पटक हामीले पार्टीको विभाजन भोगेका छौं। पार्टी भित्र देखिने प्रवृत्तिहरू एक पटक पराजित हुँदैमा सधैँको लागि यो अन्त्य हुँदैन रहेछ। फरक समयमा फरक स्थानमा र फरक रूप र चरित्रमा प्रकट भइरहन्छ। त्यसैले हामीले सधैँ गलत प्रवृत्ति विरुद्ध पार्टी भित्र अन्तर संघर्ष गरिरहनु पर्दछ। हामी निरन्तर अन्तर सङ्घर्ष गर्दै धेरै आरोह अवरोह भोग्दै यहाँसम्म आएका छौं। जब पार्टी, नेता तथा कार्यकर्ताहरूमा सैद्धान्तिक, वैचारिक, राजनीतिक र संगाठानिक सिद्धान्तमा विचलन देखिएको छ। दलाल पुँजी र उपभोक्तावादी चिन्तनले कार्यकर्तामा घर गर्दछ। उसमा शक्ति र धनको उन्माद हुन्छ प्रकारान्तर उसमा दम्भ घमन्ड मपाईँवाद र व्यक्तिवादको जन्म हुन्छ। ‘पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्छन्। त्यसले गर्दा निजी स्वार्थ समूहहरूको गुट उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिएका छन्। श्रमजीवी सर्वहारा संस्कृतको अन्त हुँदैछ। व्यक्तिमा उन्माद बढ्दा कतिपय नेताहरू सीमित झुन्डको नाइकेको रूपमा परिणत हुने खतरा निम्तिन्छ। तथापि बाहिरी रूपमा आफूलाई सही र क्रान्तिकारी देखाउन उद्धत हुने तर व्यवहार उल्टो गर्ने। आन्दोलन भित्र जन्मने यस्ता प्रवृत्तिले पार्टीमा चरम अवसर बाध, दक्षिणपन्थी पुँजीवादी उपभोक्तावादी चिन्तन ठाउँ लिन्छ। तब उसले पार्टी पद र जिम्मेवारीलाई सामन्ति जमिनदारी र मातहत कार्यकर्तालाई शासन गर्ने औजार ठान्दछ। यसैको प्रकाशमा राजनीतिमा दक्षिणपन्थी र सङ्गठनभित्र अराजकता देखिन्छ। पार्टी कार्यकर्ता र सदस्य र समर्थक जनतामा नैराष्यता उत्पन्न हुन्छ। देशमा विद्यमान अहिलेको चरम नैरशायात आर्थिक अराजकता हाम्रा काम र व्यवहार जिम्मेवार छन्।
दशौं राष्ट्रिय महाधिवेशनले “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नारालाई अगाडि सारी पार्टी भित्र देखाएको सबै समस्या पहिचान गर्दै गन्तव्य समेत स्पष्ट गरेको छ। तर आफ्ना उद्देश्य पूरा नहुने नेता-कार्यकर्ताले पार्टीले अगाडि सारेको नारालाई बेवास्ता गर्ने र यदाकदा उलंघ्न गर्न खतरा बन्दै छ। पार्टी भित्र विचार विहीनता र गैराजनीतिक संस्कार र संस्कृतको विकास हुँदैछ। यसो हुन नदिन नेतृत्वले गम्भीर प्रयास गर्नु पर्दछ। यस्ता प्रवृत्तिलाई बेलैमा नसच्याए व्यक्तिगत स्वार्थ, महत्त्वाकाङ्क्षा, दम्भ, अहङ्कार, पूर्वाग्रह र अन्ततः पार्टी भित्र प्रतिशोधको जन्म हुनसक्छ। यसबाट संगठानिक मर्यादा अनुशासन उलङ्घन हुने एक अर्कालाई सम्मान नगर्ने र अपमान गर्न सुरु हुन्छ।
पार्टीको जिम्मेवारी पद र प्रतिष्ठा फरक मत र व्यक्ति सँगको असहमतलाई दमन गर्ने हतियार बनाउने डर हुन्छ। आफ्ना अभीष्ट र महत्वकाक्षा पुरा गर्न केही पहुँचवाला नेतासँग विशेष सम्बन्ध देखाई सत्ता र शक्तिको दुरुपयोग गर्ने गरेको कुरा कसैबाट छिपेको छैन। कहिलेकाहीँ अन्जाममा वा सूचनाको अभावमा यस्ता प्रवृत्तिले संरक्षण समेत पाउने गरेका अनुभूति कतिपय कार्यकर्तामा छ। यसले कार्यकर्तामा नैराष्यता मात्र होइन नेतृत्व प्रति अनास्था उत्पन्न हुन्छ। यो क्रान्ति र आन्दोलनको लागि घाटा हुन्छ। यस्तो गैर जिम्मेवार र पार्टी प्रणाली विरुद्ध गतिविधिले सङ्गठनात्मक अराजकता सिर्जना गर्न सहयोग पुग्छ। विधि थितिको अन्त हुन्छ। सङ्गठनात्मक प्रणाली र आलोचनात्मक विधिबाट यो समस्या सच्याउनै नसकिने तह पुग्छ। अनि सबै पार्टी काम र उपलब्धि दुर्घटना पर्ने खतरा पैदा हुन्छ।
कम्युनिस्ट पार्टीमा यस्ता कमजोरी किन बढ्दैन रु पार्टी भित्र यस्ता प्रवृत्ति बढ्नु भनेकै कम्युनिस्ट पार्टी मार्क्सवादी र जबजको सिद्धान्त बोक्ने सर्वहारा श्रमजीवी वर्गहरूको नेतृत्व गर्ने सङ्गठन रूपमा नरहनु हो भन्ने हेक्का रहनु पर्दछ। यस्तो हेक्का भए पनि सिद्धान्तको खोलमा नव पुँजीवाद र दलाल नोकर शाहको भरियाहरू विकृत मानसिकता बोकेर घुषपेठ गर्दै उनीहरूसँग मितेरी गाँस्नु अनि सर्वहारा श्रमजीवी वर्गलाई नेता होइन कोरम पुर्याउन उपकरण सम्झिनु। उसले काममा मात्र व्यस्त हुनुपर्ने र उसलाई काम फत्ते गर्ने यन्त्र मानव ठान्ने संस्कृत हुर्किनु। श्रमजीवी वर्गले राजनीतिक नेतृत्व गर्ने सक्दैनन् भन्ने भाष्य सृजना हुने खतरा देखिँदै छ। कम्युनिस्टको नाममा केही पहुँचवाला बुद्धिजीवी, सामन्त, सम्भ्रान्त र पुँजीपति र दलाल नोकर शाहा पुँजीपति वर्गले मात्र राजनीति गर्छन् भन्ने चिन्तन विकास गरिनु र निर्वाचन प्रणाली र निर्वाचनको प्रतिस्पर्धा पैसा मुखी बनाउनु र नेतृत्वले पनि यदाकदा यस्तै गल्ती संस्कृतिलाई मल जल गरिने संस्कारले श्रमजीवी वर्ग क्रमशः राजनीति र बिचारबाट टाढिँदै छ। एमाले वर्गको पार्टी रहेन भनेर दोष लगाउनेलाई बल पुग्दैछ। दर्शन, सिद्धान्त र राजनीति उद्देश्य र वर्गीय आन्दोलनबाट श्रमजीवी वर्गलाई पूरै अलग र बाहिर राख्ने प्रवृत्ति लाई संस्थागत गर्ने खोज्ने दलाल नोकर शाही पूँजीवादीहरुको प्रभावबाट कम्युनिस्ट पार्टी कम्युनिस्ट आन्दोलन जोगाउन चुनौती बन्दै छ।
निर्णायक राष्ट्रिय शक्तिको लागि वर्ग पक्षधरता
दशौँ राष्ट्रिय महाधिवेशन प्रथम प्रतिनिधि परिषद्को भरखरै सम्पन्न बैठकले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आह्वान गरेको छ। उद्देश्यको हिसाबले हामी ठीक ठाउँमा छौं। निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपाको एमालेका मित्र शक्ति, वर्ग आधार र वर्गीय सम्बन्ध मुलुक भित्रका वर्गीय शक्ति श्रमजीवी वर्ग, किसान गरीब, विपन्न , शोषित पीडित निम्न पुँजीपति वर्ग, सुकुम्वासी र राष्ट्रिय पुँजीपति वर्गहरूको एजेण्डालाई सम्बोधन गर्दै उनीहरुसँग एकीकृत भई संगठित रूपमा आन्दोलन सृजना गरी राष्ट्रिय पुँजी निर्माणको लागि संयुक्त आन्दोलन गर्नुपर्छ। समाजवादको आधार तय गर्न तिनै तहको निर्वाचन जित्नु पर्छ । सामन्तका अवशेष र दलाल नोकर शाही र वैदेशिक प्रतिकृयावादी तातकलाई एकल्याउँदै निर्वाचनमा पराजित गर्दै प्रहारको निशान उनीहरूको विरुद्ध केन्द्रित गर्न सक्नु पर्दछ। हाम्रो पार्टी खुल्ला छ। जनताको बीचमा छ।
निर्वाचन लड्ने र सरकार बनाउने राजनीतिक कार्यभार बोकेको पार्टी भएकोले पार्टीले यो पार्टीले गर्ने काम खुल्ला पारदर्शी छन्। यत्ति नै बेला घुसपैठ, घेरा बन्दी तीव्र छ। पार्टी भित्र रहेका अन्तर बिरोध मा खेल्न धेरै कोसिस भइरहेका छन्। यो समयमा नेतृत्व तहले पार्टी भित्र र समाजमा देखिएका अन्तर बिरोध परगेलन र वर्ग संघर्षर्का स्रोतहरू पहिल्याउन सिपालु हुनुपर्छ। अहिले यो काम गर्न छोडेर वर्गीय पक्षधरताबाट च्युत भइ अन्धा धुन्दा पार्टी सङ्गठन र जनसङ्गठनहरू निर्माण गर्दा सङ्गठनको फलामे अनुशासन र मेलिटेन्सी घट्दो छ। कम्युनिस्ट विरोधीको घुसपैठ बढ्दो छ।
पार्टी भित्र सर्वहारा श्रमजीवी वर्गहरु उपेक्षित र कमजोर हुँदै छ। पार्टी भित्र आधारभूत वर्ग कमजोर हुनु भनेको पार्टीमा अवसरवादी भुईफुट्टा वर्ग हाबी हुन हो। यसको कारण पार्टी हरेक वर्ग सङ्घर्षको मोर्चामा पराजित हुने डरलाग्दो सम्भावना छ। यसैको जगमा घात अन्तर घातका शृङ्खला बढ्दो छ। खुल्ला कम्युनिस्ट पार्टीभित्र पार्टी निर्माण गर्दा प्रवेश गर्ने सामन्तका अबशेषहरु, मध्यम पूँजीपति वर्गहरु, बुर्जुवा बुद्धि जीविवर्गहरु, उपभोक्तावादी पुँजीवादी शिक्षा प्रणालीबाट दीक्षित विद्यार्थी, युवाहरू र व्यावसायिकताको नाममा दलाल पुँजीपतिसँग मितेरी लाउनेहरू बाहिरी रुपरंगले क्रान्तिकारी देखिए पनि यिनीहरू पुरानो पूँजीपति वर्गका भूतपूर्व सदस्यहरू हुने छन्। यिनीहरूको वर्ग चरित्र रुपन्तरण भएको हुँदैन। सरुवा रोग जसरी पूँजीपति वर्गका रहन सहन, रीतिथिति, आनीवानी सँगै लिएर आएका हुन्छन्। निश्चित स्वार्थ पुरा नभए यो वर्ग अबशेषले पार्टीभित्र अराजकता र अस्थिरता सृजना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। यसबाट पार्टी र नेतृत्व सजग हुनु पर्दछ। पार्टी प्रवेश गर्न रोक लगाउनु भन्दा रूपान्तरण गर्न सक्नु पर्छ। रूपान्तरणको कार्य योजना बनाई लागू गर्नु पर्दछ।
पार्टी निर्माणको आगामी बाटो
पार्टीलाई वैचारिक क्रान्तिकारी र अनुशासित र वर्गीय बनाउन नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वले र कार्यकर्ताहरूले सम्पादन गर्नु पर्ने केही महत्वपूर्ण पक्षहरू छन्। प्रथम सबै नेता तथा कार्यकर्ता र पार्टी सदस्यहरूले व्यक्तिगत स्वार्थ आकांक्षालाई पार्टी हित र स्वार्थमा समर्पित गर्दै पार्टीलाई कमिटी प्रणाली चलाउने र पार्टीलाई वैचारिक र अनुशासित बनाउने। सक्षम कार्यकर्ता मार्फत आफ्नो ठाउँमा राजनीतिक शक्ति सन्तुलनको विश्लेषण गर्ने। प्रमुख प्रतिद्वन्द्वी र विपक्ष पहिचान गरी आपनो शक्तिको आङ्कलन गरी पार्टीलाई सुदृढ गर्ने। प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न जनतासँग सम्बन्ध बलियो बनाई आफ्ना एजेन्डा जनतासम्म पुर्याउने। सार्वजनिक चासोका विषयलाई जनस्तरमा उठाई उनीहरूको मुद्दामा जन परिचालन गर्ने।
अहिलेको शक्ति सन्तुलन परिवर्तन गरी पहिलो शक्तिको रुपमा पार्टीलाई स्थापित गर्न हर सम्भब प्रयत्न गरौं।
पार्टी नेता र नेतृत्वलाई वैचारिक, सङ्गठित, अनुशासित र सबल बनाऔँ। गल्तीलाई सच्याऔँ, जनताको बिचमा जाऊँ र जनतासँग सम्बन्ध स्थापित गरौं। आफू बिउ बनी जनतालाई माटो बनाई त्यही उम्रिउन्, फुलौँ र विचारका आधारमा पार्टीको शक्तिलाई ध्रुवीकरण र पहिलो निर्णायक शक्ति बनाऊ। र आफू जन आधारित बनौं।
मार्क्सवाद र जबजको मार्गदर्शनमा आफू चलौँ र पार्टी चलाऔँ। हरेक वडामा ३ प्रतिशत सदस्य बनाऔँ । पालिका स्तरमा ६ प्रतिशत पार्टी सदस्य बनाउन कार्य योजना सहित पार्टी नेतृत्वलाई परिचालन गरौँ ।पार्टी सदस्यलाई मतदातामा मात्र सीमित नगरी कम्युनिस्ट पार्टीको सदस्य बनाउन व्यापक प्रशिक्षणका कक्षा सञ्चालन गरौँ। १८ देखी ३५ वर्ष उमेर समूहका युवाहरूलाई पार्टीमा आकर्षित गरौँ र पार्टी सदस्य बिस्तार गरौँ । एक घर एक पार्टी सदस्य नीतिलाई ब्यवहारमा लैजाऊ। पार्टीको ध्येय पूरा गर्न युवा परिचालन गरौँ । प्रति वर्ष कम्तीमा गाउँपालिका नगर पालिका उपमहानगर र महानगरमा ५०,१००,१५० र २०० युवाहरूलाई प्रति वर्ष सङ्गठित गरी उनीहरूलाई पार्टीको वैचारिक प्रशिक्षणमा समाले गरी पार्टी सदस्यता प्रदान गरिँदै नेतृत्वमा विकास गर्ने। बिस्तारै सबै तहको कमिटी र पार्टी सदस्यसम्म पुर्याऔँ।
पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाऔँ। प्रत्येक वडामा कम्तीमा ५ टोल कमिटी बनाऔँ, बढी मतदाता भएको आधारमा थप टोल कमिटी बनाऊ। टोल कमिटीलाई जनताको घरदैलोमा पुर्याउन, राजनीति भित्रको अनुकूल र प्रतिकुल परिस्थिति जनकारी गराई जनतालाई पार्टी वरिपरि गोलबन्द गरौं। नेता र कार्यकर्ता जन आधारित, अनुशासित नमुना योग्य बनौं ।केन्द्र देखी टोल कमिटीका नेता तथा कार्यकर्ताहरू श्रम अभियान मार्फत जनतासगँ जोडिऔं। बिदेसिएका समुदायका सदस्यहरूको लागत सङ्कलन गरौं। प्रवास पार्टीसँग उनीहरूलाई जोडौं प्रवास कमिटीमा आबद्ध गरौं। निर्वाचित जनप्रतिनिधि विकास निर्माण र जीविकाको लागि परिचालित गर्दै विजय हुँदा निर्वाचन घोषणा पत्र कार्यान्वयन गर्ने र विपक्षमा हुँदै जनदबाब र जनसङ्घर्ष मार्फत पार्टीको एजेन्डा लागु गर्न परिचालित गरिनु पर्छ। निर्वाचि जनप्रतिनिधि पार्टीको नेता र कार्यकर्ता पनि हो। पार्टीको सिपाही र पार्टी लडाइँको अग्रदस्ता हो भन्ने मान्यतालाई स्थापित गरौं।
पार्टीको नर्सरी अर्थात् जनताको आधारभूत र पेसागत र सामुदायिक हकहितको लागि जनसङ्गठन परिचालित छन्। यी सङ्ख्यामा २३ छन्। यिनलाई पार्टी हितमा र जन सङ्घर्ष र जनदबाब सृजना गर्ने माध्यम बनाई सङ्गठन गर्दै जन मुद्दाका बाहकको रूपमा परिचालित गरिनु पर्दछ।
पार्टी जीवनमा पाँच “न“ लाई आत्मा साथ गरौं
नेपाल कम्युनिस्ट पार्टी एमाले विचार, सिद्धान्त र व्यवहारबाट प्रमाणित भएको कम्युनिस्ट आन्दोलनको मूल प्रबाहा समाजवादी आन्दोलनको निणार्यक शक्ति हो। लाखौँ पार्टी सदस्य र समर्थक भएको जन आघारित कार्यकर्ता पार्टी हो। बहुलवाद र प्रतिस्पर्धा यसको मूल राजनीतिक बाटो हो। प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नु पार्टीले अहिले लिएको वर्ग सङ्घर्षको नीति हो। तिन तहको निर्वाचनमा विजय प्राप्त गर्नु, सरकार निर्माण गर्नु, सरकार मार्फत जनवादी व्यवस्थाको सुदृढीकरण, राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादको आधार तयार गर्नु हो। यो लक्ष्य पुरा गर्न पार्टी नेता कार्यकर्ता र सदस्यहरूले पाँच “न“ को सिद्धान्तलाई अक्षरशः कार्यान्वयन गरिनु पर्दछ।
पाँच “न” को अर्थ दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको पार्टीको नीति र महाधिवेशनले निर्वाचित नेतृत्व श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको छ, त्यसको रक्षा गर्नु भनेको नेतृत्वको रक्षा गर्नु हो। महाधिवेशन पश्चात् पार्टीले विभिन्न समयमा गरेको निर्णयहरू र अपानी मार्फत प्राप्त निर्देशनको परिपालन र कार्यान्वयन गर्नु हो। अन्तिम पाँच “न” भनेको पार्टी जीवनको निरन्तरता मदन भण्डारी भन्नु हुन्छ राजनीतिमा थकाई हुँदैन पार्टी जीवन नदी जस्तै बगिरहनु पर्छ। यो सिद्धानको अक्षरस कार्यान्वयन गर्नु र पाल्न गर्नु नै पाँच “न” को सिद्धान्तलाई आत्मासाथ गर्नु हो यसै आधारमा पार्टीलाई सबै मोर्चामा विजय गराउनु सकिन्छ।
पाँच “न“को अर्थ दशौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको पार्टीको नीति र महाधिवेशनले निर्वाचित नेतृत्व श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको छ, त्यसको रक्षा गर्नु भनेको नेतृत्वको रक्षा गर्नु हो। महाधिवेशन पश्चात् पार्टीले विभिन्न समयमा गरेको निर्णयहरू र अपानी मार्फत प्राप्त निर्देशनको परिपालन र कार्यान्वयन गर्नु हो अन्तिम पाँच “न“ भनेको पार्टी जीवनको निरन्तरता मदन भण्डारी भन्नु हुन्छ राजनीतिमा थकाई हुँदैन पार्टी जीवन नदी जस्तै बगिरहनु पर्छ। कहिले अति सक्रिय , कहिले निष्क्रिय र कहिले पलायन यसले व्यक्तिको जीवन र पार्टीको जीवन समाप्त गर्दछ। यो सिद्धानको अक्षरस कार्यान्वयन गर्नु र पाल्न गर्नु नै पाँच “न”को सिद्धान्तलाई आत्मासाथ गर्नु हो यसै आधारमा पार्टीलाई सबै मोर्चामा विजय गराउनु सकिन्छ। यसलाई सबैले अवलम्बन गरौं। नतिजा हाम्रो हातमा ल्याउन पार्टीमा एकताबद्ध हौं। एकताबद्ध भएर मुख्य प्रतिस्पर्धीलाई पराजित गरौं।
(लेखक नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज, हुनुहुन्छ।)
प्रतिक्रिया