अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो देश राजावादीहरूले बर्बाद बनाएका हुन्: शंकर पोखरेल

यो देश राजावादीहरूले बर्बाद बनाएका हुन्: शंकर पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो देश राजावादीहरुले बर्बाद बनाएको आरोप लगाउनु भएको छ।

आज एमाले सुर्खेतको आयोजनामा भएको बृहत् जागरणसभामा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाउनु भएको हो।

महासचिव पोखरेलले गतन्त्रणसँग रातन्त्रको तुलना गर्न नहुने बताउनु भयो। उहाँले गणतन्त्र आएपछि मात्रै देशमा विकास भएको बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘राजतन्त्रले बर्बाद बनाएको देश गणतन्त्र आएपछि विकास भएको छ। हाम्रो चाहना देशलाई धेरै अगाडीको बढाउन हो।’

महासचिव पोखरेलले सयौँ वर्षसम्म राजतन्त्रको समयमा जम्मा ८ हजार किलोमिटर सडक मात्रै भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘सयौँ वर्ष देशमा राजतन्त्र थियो। त्यो सयमा ८ हजार किलोमिटर बनेको थियो। तर, गणतन्त्र आएपछि देशमा केन्द्र सरकारले मात्रै ४३ हजार किलोमिटर सडक निर्माण गरेको छ। यस्तै, स्थानीय सरकार र प्रदेश सरकार गरी हाल १ लाख १० हजार किलोमिटर बनेको छ। यो सबै जनताले ल्याएको गणतन्त्रको उपज हो।’

यस्तै, महासचिव पोखरेलले राजतन्त्रको समयमा नेपालीको औसत आयु ५४ वर्ष मात्रै रहेको र हाल ७४ वर्ष पुगेको दाबी गर्दै नेपालमा परिर्वतन भएको बताए।