अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजतन्त्र पुन: स्थापना गर्ने दिवास्वप्न नदेखे हुन्छ: मोहनमाया ढकाल

राजतन्त्र पुन: स्थापना गर्ने दिवास्वप्न नदेखे हुन्छ: मोहनमाया ढकाल


काठमाडौं-नेकपा एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले जनताको बलबाट स्थापित गणतान्त्रिक व्यवस्थालाई कुनै पनि शक्तिले ढाल्न नसक्ने बताउनुभएको छ।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको बृहत् जागरणसभालाई सम्बोधन गर्दै ढकालले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको देख्न नसकेर प्रतिगमनकारीहरूले सिर उठाउन खोजेका भए पनि उनीहरूको प्रयास सफल नहुने बताउनुभयो। ‘नेपाली जनता सचेत भइसकेका छन्, अब प्रतिगमनले टाउको उठाउन सक्दैन’, उहाँले भन्नुभयो।

अहिले सामाजिक सञ्जालको प्रयोग गरेर भ्रम छर्ने प्रयास गरिएको बताउँदै ढकालले सो प्रयास सफल नहुने स्पष्ट पार्नुभयो। ‘समाजमा भ्रम फिँजाएर राजतन्त्र स्थापित गर्ने जुन सपना देखिँदै छ, त्यो दिवासपना नदेखे हुन्छ’, उहाँले भन्नुभयो।
संघीय लोकतान्त्रिक व्यवस्था माथि कसैले छड्के नजर लगाउँछ भने भने उनीहरूलाई आँखा हेर्न नदिने उहाँले चेतावनी दिनुभयो। जनतालाई लुटेर, देशलाई लुटेर खाएको हिजोको सपना नदेख्न उहाँले राजावादीलाई आग्रह गर्नुभयो।

नेपाली नागरिकले प्राप्त गरेको अधिकार कसैले खोस्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। नेपाली जनताको लामो त्याग, तपस्या र योगदानबाट प्राप्त गरेको गरेको अधिकारलाई अझ सबल बनाएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

देश अहिले समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढेको बताउँदै ढकालले यो यात्रालाई कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो। यो यात्रामा सिङ्गो नेपाल अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो।