काठमाडौं-काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको हो।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको हो।
प्रतिक्रिया