अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छः डा. प्रकाशशरण महत

वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छः डा. प्रकाशशरण महत


कैलाली-नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताउनुभएको छ।

नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गर्नुभयो।

उहाँले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताउनुभयो।

नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताउनुभयो। उहाँले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताउनुभयो।