मनाङ–मनाङकाे नासोँ गाउँपालिका-३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।








प्रतिक्रिया