अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा गएका नानु बुढाथोकी पुन: एमालेमै फर्किए

माओवादीमा गएका नानु बुढाथोकी पुन: एमालेमै फर्किए


सिन्धुली-नेकपा (एमाले) छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएका सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानका नेता नानु बुढाथोकी पुनः एमालेमै फर्किनु भएको छ।

माओवादी केन्द्र कमलामाई नगर कमिटी उपाध्यक्ष समेत रहेका बुढाथोकी एमालेमै फर्किनु भएको हो। २०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा-९ को वडाअध्यक्ष आकांक्षी रहनु भएका बुढाथोकी टिकट नपाएपछि माओवादीमा प्रवेश गर्नु भएको थियो।

साँढे दुई वर्षको समय माओवादीमा बिताउनु भएका चौलागाईंले आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताउनुभयो।

आज एमाले जिल्ला कमिटीले सिन्धुलीमाढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र जिल्ला इन्चार्ज मनोजजंग थापाल लगायत नेताहरुले उहाँलाई अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।