अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अबको केही घण्टापछि वर्षा कम हुँदै जान्छ : मौसमविद्ध विनोद पोखरेल

अबको केही घण्टापछि वर्षा कम हुँदै जान्छ : मौसमविद्ध विनोद पोखरेल


काठमाडौं -दुई दिनदेखिको अविरल वर्षात अबको केही घण्टापछि मत्थर हुने मौसमविद्धहरुले बताएका छन् । देशभरको जनजीवन अत्यासलाग्दो बनेको छ । देशभरका सयभन्दा बढी केन्द्रमा अति भारी वर्षा मान भइरहँदा यो क्रम दुईदेखि तीन घन्टापछि मत्थर हुँदै जाने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएकोे छ । । सामाजिक सञ्जालमा मौसमको अवश्था अद्यावधिक गर्दै पोखरेलले बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु कमजोर हुँदै जाने देखिएकाले भारी वर्षा घट्ने संकेत देखिएको हो। पोखरेलका अनुसार आइतबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा भने जारी नै रहनेछ।
१७ वटाभन्दा बढी नदीले खतराको तह पार गरेर डुबान निम्त्याउन थालेका छन्।

काठमाडौं उपत्यकाका नदी करिडोर जलाम्य बनेका छन्। भारी वर्षाका कारण मकवानपुरस्थित इन्द्रसरोवर जलाशय भरिएपछि एउटा ढोका खोलेर पानीको निकास पठाउन थालिएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेको छ। विशेषतः कोशीदेखि लुम्बनीसम्म अति भारी वर्षा भएको छ। सुदूपश्चिम र कर्णाली प्रदेशको पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।