अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँक्रेविहार कर्णाली विकासको आर्थिक केन्द्र बन्न सक्छ: मुख्यमन्त्री कँडेल

काँक्रेविहार कर्णाली विकासको आर्थिक केन्द्र बन्न सक्छ: मुख्यमन्त्री कँडेल


सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रको रूपमा विकास गर्न सकिने बताउनु भएकाे छ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्व बुझ्न र यसको सम्भावनालाई उपयोग गर्न सबै सरोकारवाला एकजुट हुनु पर्ने उल्लेख गर्नुभयाे ।

मुख्यमन्त्री कँडेलले भन्नुभयाे, ‘काँक्रेविहारलाई लुम्बिनीसँग पर्यटकीय रुपमा जोड्न सके यो क्षेत्र विदेशी र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ।’ काँक्रेविहार धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो, जसलाई प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन गर्न सक्ने मुख्यमन्त्री कँडेललको भनाई थियो । काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सम्भावना खोल्ने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गर्नुभयाे।

उहाँले पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागिता मार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना आवश्यक रहेकाे बताउनु भयाे। “हामीले सधैँ विकासको कुरा गर्छौं, तर साँच्चिकै सम्भावना बोकेको काँक्रेविहारको विषयमा ठोस पहल गर्ने सबै एक हुनु पर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो। उहाँले भन्नुभयाे, ‘अब सबै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्र मिलेर काँक्रेविहारको पहिचान विस्तार गर्ने बेला आएको छ।’ स्थानीय युवालाई काँक्रेविहारको सम्वर्द्धनमा सहभागी भइ आफ्नै क्षेत्रमा उद्यमशीलताको अवसर खोज्न पनि आह्वान गर्नुभयाे। कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति रहेको थियो।