अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

प्रधानमन्त्री ओलीले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई टीका र जमरा नलगाइदिने बताउनु भएको छ।

प्रधानमन्त्री ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराउनु भएको छ। बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताउनु भएको छ।

प्रधानमन्त्री ओलीले बाढी-पहिरो जस्ता विपद्ले यो वर्षको दशैं उल्लासमय नभएकाे बताउनु भएकाे छ।

‘दसैँको ठिक्क मुखमा, दसैँअघि आएको भीषण बाढी र पहिरोका कारण हाम्रा दुई सयभन्दा दिदीबहिनी दाजुभाइहरूले, निर्दोष बालबालिकाले, अशक्त जेष्ठ नागरिकले ज्यान गुमाउनुपर्‍यो,’ भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘कति घाइते हुनुपर्‍यो, धेरै जनधनको क्षति भयो। भौतिक पूर्वाधारहरू, पुल, बाटाहरू ध्वस्त भए। खानेपानी ध्वस्त भए। धेरैलाई घरबारविहीन बनायो। परिवारका सदस्यहरूलाई बाढीपहिरोले चुडेर लग्यो। यस विपद्को घडीमा हामी त्यति उल्लासपूर्ण ढंगले दसैँमा मनाउन सकिरहेका छैनौँ। जति मनाउने गथ्र्यौँ, मनाउन चाहिरहेका थियौँ।’

देशवासी रमाउन नसकिरहेका बेला आफू पनि रमाउन नसकेको भन्दै प्रधानमन्त्री ओली भन्नभएको छ, ‘यतिबेला मेरो मन भारी भइरहेको छ। दसैँको उल्लासमा रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन।’

 प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गर्नुभएको छ।