काठमाडौँ-पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्त्व बढ्दै गएको बताउनुभएको छ।
ललितपुरमा बिहीबार कम्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै उहाँले केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्त्व बढ्न थालेको बताउनु भयो। उहाँले ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? भन्ने कुरा महत्त्वपूर्ण रहेको पनि बताउनु भयो।
उहाँले भन्नुभयो, ‘एकीकृत कृषि प्रणालीको महत्त्व बढेको छ। रासायनिक मलले जमिनलाई बिगार्ने र दोस्रो पर्याप्त र महँगो हुन्छ। ग्रिन हाउस ग्याँसको इमिसनलाई कसरी घटाउने ? घटाउने कुरामा हामीले गरेको अभ्यास महत्त्वपूर्ण हुन्छ। नेपाल सरकार, नेपाल सरकारका आयोजनाहरू र सरकारले गर्न खोजेको काम पनि त्यही छ।’
उहाँले पशुपालन क्षेत्र नेपालको जीविकोपार्जनका लागि महत्त्वपूर्ण क्षेत्र बनेको बताउनुभयो। कृषिजन्य चिजको उचित मूल्य पाउने गरी आवश्यक योजना बनाउन जरुरी रहेको बताउनु भयो।
प्रतिक्रिया