अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो।

पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो।

सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ ।