अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एनआरएनएलाई सरकारले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री ओली

एनआरएनएलाई सरकारले हस्तक्षेप गर्दैन: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताउनु भएको छ।

गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताउनु भएको हो।

‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु। हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्‍याउँछौ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’

उहाँले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनु भयो।