अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक


काठमाडौँ-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। 

कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको उहाँले बताउनु भयो। गौतमले भन्नुभयो, ‘कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ। बैठकले उपनिर्वाचन तयारीको विश्लेषणसहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिन्छ।’

एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ।

मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ।

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।