अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनका लागि एमाले काठमाडौँले टुंग्यायो सबै उम्मेदवार

उपनिर्वाचनका लागि एमाले काठमाडौँले टुंग्यायो सबै उम्मेदवार


काठमाडौं-आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि नेकपा एमाले काठमाडौँले सबै उम्मेदवार टुंग्याएको छ।

जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘आज बसेको एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले २ उम्मेदवारबारे निर्णय लिएको हो भने २ जनालाई माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। कीर्तिपुरको मेयरमा डा. सुरेन्द्र मानान्धरको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको हो। यसबारे अन्तिम निर्णय बागमती प्रदेश कमिटीले लिने छ।’

त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिस गरेको छ।