अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनमा एमाले एक्लै चुनाव लड्छ: महासचिव पोखरेल

उपनिर्वाचनमा एमाले एक्लै चुनाव लड्छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले उप निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ।

एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो।

 महासचिव पोखरेलले भन्नुभयो, ‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ।’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी  अलग अलग लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ उहाँले भन्नुभयो। 

राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो। यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएको र उभिनु पर्नेमा उहाँले जोड दिनुभयो। बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुङ्गो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।