अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय

उपनिर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय


काठमाडौँ-नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो। 

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उहाँले बताउनु भयो। उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । 

बैठकले सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको छ।