अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन: शंकर पोखरेल

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताउनु भएको छ।

बुधबार काठमाडौंमा आयोजित एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनलाई सम्बोधन महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताउनु भएको हो। युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘जनतालाई जोड्नै पर्दछ। जबसम्म हामीले राज्यसँग जनतालाई जोड्न सक्दैनौँ तबसम्म देश बन्न सक्दैन। जबसम्म देशका कर्णधार मानिने युवापंक्तिलाई देशसँग जोड्न सकिएन भने देश अध्यारो बन्ने गर्दछ। युवाहरु भनेका बिहानका झुल्के घामहरु हुन्। बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तै आजका युवाहरु कस्तो अवस्थामा छन् भन्ने आधारमा मुलुकको भविष्य निर्धारण गर्छन् । आजका युवाहरु आशावादी छन्, उनीहरुमा परिवर्तनको हुटहुटी छ, संकल्प छ भने देशको भविष्य राम्रो छ भनेर विश्वास गर्नुपर्दछ।’

महासचिव पोखरेलले देशमा अराजकता मच्चिदै गएको उल्लेख गर्दै अराजकता राष्ट्रिय समृद्धिको बाधक भएको बताउनु भयो। ‘अहिले मुलुकमा अराजकता बढ्दै गइरहेको छ। कुनैपनि राष्ट्रको निर्माणका सन्दर्भमा कुरा गर्दाखेरी अराजकता राष्ट्रिय समृद्धिको बाधक हो,’ उहाँले भन्नुभयो।