अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचन

महाबुको अध्यक्षमा नेकपा एसका हमालद्वारा एमाले उम्मेदवार शाहीलाई समर्थन

महाबुको अध्यक्षमा नेकपा एसका हमालद्वारा एमाले उम्मेदवार शाहीलाई समर्थन


दैलेख-दैलेखको महाबु गाउँपालिकाकाे अध्यक्ष पदको लागि यही मङसिर १६ गते उपनिर्वाचन हुँदैछ। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार बन्नु भएका जगत हमालले नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गर्नुहुने भएको छ।

नेकपा एस महाबु गाउँ कमिटीले समेत एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार शाहीलाई समर्थन गरेकाे हाे।

एमालेका शाहीलाई समर्थन गर्दै हमालले महाबुको विकास र एमालेले अघि सारेको समृद्धिको नारालाई पूरा गर्न एमालेलाई मतदान गर्न आग्रह गर्नु भयाे।

नेकपा एस पार्टीबाट उम्मेदवार बनेका जगत हमालले एमालेका जंगबहादुर शाहीलाई समर्थन गरेसँगै महाबु गाउँपालिकाकाे अध्यक्षमा एमालेकाे सुनिश्चित जित हुने नेताहरुले दाबी गरेका छन्।

अध्यक्ष पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन्। ६ जनामध्ये एमालेबाट जङ्गबहादुर शाही, नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजन कुमार रावत चुनावी मैदानमा होमिएका छन् ।