काठमाडौँ-स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ।
मतदान गर्नका लागि स्थानियबासी चरिकोट,१६ मङ्सिरः स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्षका लागि मतदान गर्नका लागि स्थानियबासी ।स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष पदको लागि मतदान गर्न जाँदै ८५ वर्षीय मतदाता। गोरखा नगरपालिका वडा नम्बर ५ मा आइतबार भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै ज्येष्ठ नागरिक।
महोत्तरी जिल्लाको रामगोपालपुर-२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा जारी मतदानका लागि लामबद्ध मतदाता ।
रोल्पाको रुण्टिगढी गाउँपालिका–४ नम्बर वडाको वडाध्यक्ष पदका लागि हुन लागेको स्थानीय तह उपनिर्वाचनमा सूर्योदय माध्यमिक विद्यालय सुर्पाल मतदान केन्द्रमा आफन्तको साहरामा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक।
प्रतिक्रिया