ओखलढुंगा-ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर-५ को वडाध्यक्षमा एमाले विजयी हुनुभएको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङ ३९९ मतसहित विजयी हुनुभएको हो । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यस पटक कांग्रेसको विरासत तोडेको छ।
दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो।
प्रतिक्रिया