अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित


काठमाडौं-काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ। पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं–१६ मा जित निकालेको हो।

रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गर्नुभयो।

त्यस्तै नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए । २०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए ।