मोरङ-मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमो नारायण माझी विजयी हुनुभएको छ।
आइतबार भएको उपनिर्वाचनमा माझीले ६ हजार ९६९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३३३ मत पाए । एमालेका उम्मेदवार तुलसीराम विश्वास ४ हजार १५९ मतसहित तेस्रो भएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया