काठमाडौँ-रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय र सर्वपक्षीय बैठक पश्चात् सोमबार मतगणना सुरु गरिएको हो।
पालिकाका १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना शुरू भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिनुभयो। गत भदौ २८ गते बागलुङमा जीप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार छन् ।
वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया