अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनको समीक्षा गर्न सचिवालय बैठक बोलाउने तयारीमा एमाले

उपनिर्वाचनको समीक्षा गर्न सचिवालय बैठक बोलाउने तयारीमा एमाले


काठमाडौं-नेकपा एमालेले २०८१ मंसीर १६ गते स्थानीय तह उपनिर्वाचन, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा समीक्षा गर्न केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले दुई/तीन दिनभित्रै बस्ने गरी सचिवालय बैठक बोलाउने तयारी भएको बताउनु भयो ।

मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भएसँगै पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने अधिकांश नेताहरुले बताउँदै  आउनु भएको छ। किनकी कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि उक्त विश्लेषण फेलभएपछि के कारणले भएको हो भन्ने बारेमा समीक्षा हुनु जरुरी भएको नेताहरुले बताउनु भएको छ।