अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ: महासचिव पोखरेल

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ: महासचिव पोखरेल


तुलसिपुर-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बलियो बनाउन बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ।

आज तुलसीपुर उपमहानगरपालिका वडा-१९ को प्रशासनिक भवनको उद्घाटन गर्दै महासचिव पोखरेल यस्तो बताउनुभएको हो। 

तुलसीपुर उपमहानगरपालिक वडा-१९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो।

महासचिव पोखरेलले जनतामा निराशाको खेती गर्नेहरूका कारण समाजमा अराजकता बढेको बताउनुभयो। उहाँले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताउनुभयो।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो। उहाँले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताउनु भयो।

नगरप्रमुख खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे सुरुवात गरिने बताउनु भयो।

तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १९ तोप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो। वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको बताउनु भयो।