अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले उपमहासचिव रिमाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

एमाले उपमहासचिव रिमाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता


 काठमाडौं-नेकपा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार समेत रहेका रिमालले आज विदेशमन्त्री लुसँग भेट गर्नुभएको हो। भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको उपमहासचिव रिमालले बताउनु भयो।

उपमहासचिव रिमालले भन्नुभयो, ‘आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल गर्दै नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भयो। नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति आभार व्यक्त गरियो’