अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको  अध्यक्षमा दङ्गाल

पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको  अध्यक्षमा दङ्गाल


चौतारा-नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव (खुला) देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित हुनुभएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिनुभयो । 

यसैगरी सदस्यहरुमा किरण थापा, प्रितमकुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना, अर्जुन शर्मा र चण्डिका नेपाली निर्वाचित हुनुभएका छन्।

महासङ्घको केन्द्रीय पार्षद् सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्रकुमार मिजार निर्वाचित हुनुभएका छन् । प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेदवारी परेपछि राजेन्द्र राणामगर, महिला सदस्य गोमा खत्री, जनजातितर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन्।

त्यसैगरी प्रदेश परिषद् सदस्यमा रुपक पुरी, कला अनुरागी, रमेश पराजुली, हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक कोइराला र हरिप्रसाद दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ । एक सय तीन मतदाता रहेकामा निर्वाचनमा ९८ मत खसेको थियो ।