अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल, कार्यसमितिमा को-को ?

पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल, कार्यसमितिमा को-को ?


रसुवा-नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन हुुनुभएको छ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ।

यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन हुनुभएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिनुभयो।

तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो।