अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा कार्की निर्वाचित

एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा कार्की निर्वाचित


मकवानपुर-नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा बोलबहादुर कार्की विजयी हुनुभएको छ।

एमाले हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो।

सोमबार भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठले १३३ मत प्राप्त गर्नुभयो।

यस्तै उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मतसहित विजयी हुनुभएको हाे। उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याउनु भयो।

यसैगरी सचिवमा शान्ता गौतम १९७ मतसहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याउनु भयो । यसैगरी उपसचिव खुलामा शान्तेकुमार तामाङ ७४ मतसहित विजयी हुनुभएको हो । उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याउनु भयो ।

उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मतसहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दंगालले ६९ मत ल्याउनु भयो।