डोटी-नेकपा (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ। पार्टीको जिल्ला अधिवेशनबाट मलासी अध्यक्षमा मलासी निर्वाचित हुनुभएको हो।
पुस २ गते मंगलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मञ्जु मलासी २ सय १५ मत ल्याएर निर्वाचित हुनुभएको हो। उहाँले अर्का प्रतिस्पर्धी शेरबहादुर मल्ल भन्दा ४४ मत बढी ल्याउनुभएको छ। मल्लले १ ७१ मत पाउनुभएको छ।
अधिवेशनमा कुल ४१२ जना प्रतिनिधि रहेकामा सोमबार भएको मतदानमा ३९३ प्रतिनिधिले मतदान गर्नुभएको थियो।
जिल्ला कमिटीको उपाध्यक्ष खगेन्द्र बढैला निर्वाचित हुनुभएको छ। उहाँले १११ मत ल्याउनु भएको छ। अर्का प्रतिस्पर्धी गणेशबहादुर विष्टले १ सय ७, लक्ष्मण मलासीले ९७ र चक्रबहादुर घर्ती मगरले ५८ मत पाउनुभएको छ।
सचिवमा पदमराज भट्ट २ सय ३७ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरू धनबहादुर नेपालीले १ सय १९ र झलकबहादुर पालीले ६८ मत पाउनुभएको छ।
खुला उपसचिवमा डम्बरसिंह डौडीले १ सय ५२ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी बमबहादुर बलले १ सय २३, कृष्णकुमार खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत पाउनुभएको छ।
महिला उपसचिवमा बिस्ना सिंह २ सय ८ मत पाएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी शशी सोवले १ सय ४६ मत पाउनुभएको छ।
प्रतिक्रिया