अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टीले खटाइएको जिम्मेवारी पूरा नगर्ने नेताहरूलाई कामबाट बिदाइ गरिन्छ: डा. राजन भट्टराई

पार्टीले खटाइएको जिम्मेवारी पूरा नगर्ने नेताहरूलाई कामबाट बिदाइ गरिन्छ: डा. राजन भट्टराई


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलाग्ने नेताहरूलाई बिदा गरिने बताउनुभएको छ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले खटाएको जिम्मेवारी पूरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताउनुभयो। पार्टीले खटाइएको जिम्मेवारी पूरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने बताउनुभयो।

नेता भट्टराईले भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गर्नुभयो। नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने नेता भट्टराईको भनाइ छ।

पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै भट्टराईले पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेको बताउनुभयो। ‘पार्टीको बैठकमा आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ’, उहाँले भन्नुभयो।

नेता भट्टराईले अनुशासन बिना पार्टी, परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो। एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन उहाँले आग्रह गर्नुभयो।