जनआधारित कार्यकर्ता नीतिको पृष्ठभूमि
काठमाडौं-नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो। स्थापनाकाल देखि नै मालेमाको सिद्धान्तलाई आत्मासाथ गर्दै सबै खाले निरङ्कुशतन्त्र अन्त्य गरेर, जनवादी व्यवस्थाको स्थापना, राष्ट्रिय हित, लोकतन्त्र र जनजीविका प्रत्याभूति गर्ने उद्घोष गरेको थियो। घोषित लक्ष्य पुरा गर्न कम्युनिस्ट पार्टीले स्थापनको समय देखि नै पार्टी कार्यकर्ता नीति बनाउँदै आएको हो। कार्यकर्तालाई बीउ बनेर माटोरूपी जनतासँगै उम्रिन आह्वान गरेको थियो।
कम्युनिस्ट पार्टी कार्यकर्ताको नेतृत्व कुशलता आड भरोसा र समर्थनमा अडेको हुन्छ। नेपालमा कम्युनिस्ट पार्टीले स्थापना देखिने प्रतिबन्धित हुनु पर्यो। नेता तथा कार्यकर्ता पहिचान विहीन, कडा निगरानी र फलामे अनुशासनमा भूमिगत रहनु पर्यो। विभाजित कम्युनिस्ट पार्टीमध्ये प्रमुख घटक नेकपा मालेले २०४६ साल भदौमा चौथो महाधिवेशन आयोजना गरी निरङ्कुश निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाको लागि बहुदल पक्षधर शक्ति एक जुट भई संयुक्त सङ्घर्ष गर्नुपर्ने नीति पास गरेको थियो। त्यसैको वैचारिक प्रकाशमा २०४६ फागुन ७ गते पञ्चायती विरोधी शक्तिहरू मिलेर संयुक्त सङ्घर्ष सुरुवात गरे। दलहरूको संयुक्त आन्दोलनले २०४६ चैत्र २६ गते पञ्चायतको खारेजी र बहुदलको स्थापना गर्न सफल भयो। मदन भण्डारीको अगुवाइमा नेकपा, मालेको चौथो महाधिवेशनबाट संयुक्त सङ्घर्षको नीति पास गरे कै सात महिनामा पञ्चायतको अन्त सम्भव भएको थियो। यस आन्दोलनले पञ्चायतको खारेजी र पार्टीहरूको प्रतिबन्धको फुकुवा हुनका साथै पार्टीहरू खुल्ला गतिविधिमा लाग्ने अवसर प्राप्त भयो। अब दलहरूका बिचमा प्रतिस्पर्धा गर्दै विजय प्राप्त गर्नुपर्ने परिस्थिति सृजना भयो। पार्टी र नेता मात्र नभई कार्यकर्ता समग्र पार्टी पक्ति नै जनताको बीचमा लोकप्रिय, जनपक्षिय, जनता र कार्यकर्ता दुबैबाट अनुमोदित हुनुपर्ने भयो। बहुदलको पुनर्स्थापना पछि हाम्रो पार्टी नेकपा एमालेले संसदीय निर्वाचनमा भाग लिन, विजय हुने, सरकार बनाउने, श्रमजीवी वर्ग राजनीतिक सत्तामा पुग्ने सडक, सदन र सरकारको तिनै मोर्चाबाट निरङ्कुश राजतन्त्रको अन्तको लागि शक्ति संचय गर्दै सरकारबाट प्रगतिशील सुधार गर्ने नीति लियो। यही कार्यनीति सच्चाइमा पाँचौ महाधिवेशन मार्फत जनताको बहुदलीय जनवादी कार्यक्रम पास गर्यो। अहिले हामीले जबजलाई सिद्धान्तको रुप ग्रहण गरी पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा अभ्यास गर्दै आएका छौं। हो, पाँचौ राष्ट्रिय महाधिवेशनको मञ्चबाटै जबज र जनआधारित कार्यकर्ता पार्टीको नीतिको रूपमा अङ्गीकार गरेका हौं। आज पर्यन्त यो नीतिलाई कार्यान्वयन गरिरहेका छौं।
जनआधारित कार्यकर्ता किन ?
हिजोभन्दा आज जनआधारित कार्यकर्ता आवश्यकता धेरै छ। यसको महत्व हिजो भन्दा आज झन् बढेको छ। अब हामीले जनआधारित कार्यकर्ताका मापदण्ड के हुने ? कसरी परिचालित हुने जनताको विशवास कसरी जित्ने ? यी र यसैको सेरोफेरोमा यो लेख केन्द्रित हुनेछ।
पार्टीको सिद्धान्त विचारधारा, संगठनात्मक लक्ष्य र राजनीतिक कार्यदिशा समाजवादको आधार तयार गर्ने कार्यभार पूरा गर्नलाई प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने र तिनै तहको सरकार मार्फत लक्ष्य हासिल गर्नु छ। यसको लागि कुसल, भिजनरी, अनुशासित, लोकप्रिय, जनअनुमोदित जनताको आँमा राख्दा नबिझाउने नेता र कार्यकर्यताको पंक्ति आवश्यक छ। लक्ष्य पूरा गर्न सही नीति र नेतृत्व भएर मात्र पुग्दैन। त्यसलाई विजयसम्म पुर्याउन विचारसहित जन आधारित कार्यकर्ता चाहिन्छ। ऊ बिना निर्वाचन जित्न असम्भव हुन्छ। पार्टीको नीति र सिद्धान्त बुझाउन पनि खारिएको जन आधारित कार्यकर्ता आवश्यक छ। हाम्रो नीति अनुसार राजनीति भित्रका तमाम खाले अवशेष र अन्तरविरोधलाई पारस्त गर्ने माध्यम पनि निर्वाचन जित्नु नै हो । हाम्रो नीतिको प्रकाशमा निर्वाचन वर्ग संघर्ष हो । वर्गिय लडाइ हो। एक वर्गलाई पराजित गर्नु हो । यो ब्यक्ति हेरा फेरीको प्रशन होइन। त्यसैले पार्टीको कार्यकर्ता नीतिको कति महत्वछ ? त्यसैले जन आधारित कार्यकर्ता नीति र विकास, परिचालन र उसको जीविकाको विषय कति महत्व छ। केन्द्रीय संगठन विभागले राष्ट्रिय कार्यशाला मार्फत पार्टीलाई जरासम्म पुर्याउने नीति बनायो । अहिले जनआधारित कार्यकर्ता नीति र परिचालनको आवश्यकता जरुरी भएको छ। आज कार्यकर्ताको परिभाषा, महत्व, मूल्यांकन विधी काममा होइन कानमा, पहुँच र सामाथ्र्यमा हुन्छ भन्ने भाष्य निर्माण हुँदैछ । यसबाट कार्यकर्ता र जनतामा नैश्यता श्रृजना हुने खतरा पैदा भएको छ। नीति नेतृत्व निर्णय र निर्देशन अवज्ञा गर्ने परिपाटी विकास हुँदैछ। यसलाई समयमा नै चिर्न नसके पार्टी भित्र झन् अराजकता फैलिदै जाने छ। जनआधारित कार्यकर्ता पार्टीको स्थापित र प्रमाणित परम्परालाई पुनर्स्थापित नगरि पार्टीको सुदृड्डिकरण र सुद्धिकरण अभियान सफल हुँदैन। प्रशिक्षत जनआघारित कार्यकर्ताको पंक्ति बिना किनै पनि अभियान, मिसन पुरा हुँदैन। नेकपा एमाले राष्ट्रिय शक्ति हुन पनि सकदैन। पार्टीले ठीक समयमा पार्टी भित्रका समस्य पहिचान गरेको छ। समस्य निदानको लागि जनआधारित कार्यकर्ता पंक्ति निर्माण र परिचालनको नीति बनाउनु क्रममा छ। कम्युनिष्टि पार्टी राष्ट्र, लोकतन्त्र, विकास निर्माण, समाजिक न्याय र जन-जीवीकाको एजेण्डाबाट निर्देशित हुन्छ। अहिले सरकारको नेतृत्व गरिरहेको छौं। सरकारका एजेण्डा आधारित काम र ऊपलब्धि संगठनको प्याकज सँगै लिएर जनता बीच जान नसके, विचार र संगठनले मात्रै जनतालाई गोल बन्द गर्न सकिंदैन । संगठन सँगै सरकारका राम्रा काम मातहात कमिटी र जनतासम्म लानु सक्नुपर्छ ।
जनआधारित कार्यकर्ता पार्टी भनेको के हो ?
जनआधारित कार्यकर्ता पार्टी भनेको जनताको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने सक्ने जनताको भावना र समर्थनमा आधारित भएर चलन सक्ने व्यक्ति र समूह हुन्। जनताको विश्वास जित्दै निर्वाचित जनप्रतिनीधि मार्फत राष्ट्रिय पुँजी विकास गरी समाजवादको आघार तयार गर्न सक्रिय रहने पार्टीका कार्यकर्ता हुन्। यही नीतिलाई पार्टीले संगठनको केन्द्रीय अवधारणा मानेको छ। यसले पार्टीलाई वैचारिक संगठनात्मक र व्यावहारिक रूपमा सुदृढ बनाउँदै जनतामा आफ्नो उपस्थितिलाई बलियो बनाउँछ।
पार्टीको राजनीतिक कार्यदिशाको आधारमा पार्टीका कार्यकर्ता पार्टी सदस्यबाट अनुमोदित र जनताबाट निर्वाचित भएका कार्यकर्ताको पंक्ति छ। एउटाले राज्यको साघन स्रोतले विकास र जनताको सेवा गर्छ भने अर्काले पार्टीको नीति सदस्य र जनताको बीचमा कार्यन्वयन गर्छ । जनआधारित पार्टीको नीति, कार्यक्रम र गतिविधि जनताको वास्तविक समस्या र आकांक्षामा आधारित हुन्छ। त्यसैको सम्बोधन जन आधारित कार्यकर्ताले गर्नुपर्छ ।
जनताको आवश्यकता अनुसार योजना निर्माण गर्दै समस्यको समाधानको प्रयास गरिनुपर्छ। पार्टीका कार्यकर्ताहरू जनताको प्रतिनिधिको रूपमा अगाडि आउँछन्। कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्छन्। सत्ता या व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा केन्द्रित रहने व्यक्तिले समाज परिवर्तन र प्रगतिशील समाज निर्माणका लागि निरन्तर निस्वार्थ रुपमा जनताको सेवामा समर्पित हुनेछन् ।
वैचारिक काम
वैचारिक आधारलाई बलियो बनाउन पार्टीको विचार सिद्धान्त “जनताको बहुदलीय जनवाद” (जबज) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न । मार्क्सवादी-लेनिनवादी सिद्धन्तलाई नेपालको सापेक्षतामा व्यावहारत प्रयोग गरी समाजवादको दिशामा अघि बढ्ने गरी जनतालाई दिक्षित गर्ने पर्छ। २१औं शताब्दीको नेपाली मार्क्सवाद जबजको मार्गदर्शनको मर्मअनुसार पार्टीलाई जनतासँग जोड्न अनिवार्य छ। कुनैपनि पार्टीको सफलता जनताको सकृय समर्थन बिना सम्भव छैन। जनताको इच्छा आकांक्षा, आवश्यकता र आवाजलाई आफ्नो नीति र कार्यक्रममार्फत सम्बोधन गर्न चुके चुनावी प्रतिस्पर्धामा जित हासिल गर्न सकिंदैन। जनमुखी एजेण्डा बिना जनताको मन जित्न सकिंदैन। निर्वाचन रुपी वर्ग संघर्षको लडाइमा जनताको मनलाई मत पेटीकासम्म पुर्याएर मत गनेर जित्नुपर्छ। यसको मुख्य उतप्रेरक र विजयका हकदार कार्यकर्ता नै हुन् ।
संगठन सुदृड्डिकरण स्थानीय तहदेखि राष्ट्रिय तहसम्म बलियो संगठन निर्माण गर्न।कार्यकर्ताहरूलाई संगठन विस्तार र सशक्तिकरणमा संलग्न गराउने काम गर्नुपर्छ। नयाँ कार्यकर्ताको विकास गर्दै पार्टीको दीर्घकालीन भविष्य सुनिश्चित गर्न आधारभुत वर्ग, युवा पुस्तालाई नेतृत्वमा विकास गरेर जनताको परिवर्तनको चहानलाई सम्बोधन गर्नु छ। जनतालाई नेतृत्व दिन पार्टीले विकास र समाज परिवर्तनका एजेन्डा अघि सार्ने चुक्नु हुँदैन।
विकासमा कार्यकर्ता
जन आधारित कार्यकर्ताहरूको माध्यमबाट विकासका कार्यक्रमहरू कार्यान्वयन गर्ने । स्थानीय स्तरमा जनताको समस्याको समाधान गरी पार्टीप्रति विश्वास कायम राख्ने जरुरी छ। जनताको पार्टी प्रतिको भरोसा एक दिन पनि टुट्न दिनु हुँदैन। यसको लागि कार्यकर्ता सधैं होसियार र सजग हुनुपर्दछ। कार्यकर्ता नै जनताको आवाज प्रतिनिधित्व गर्ने सच्चा जन प्रतिनिधि हुन् । सधैं एउटै जनप्रतिनिधि हुँदैन, कार्यकर्ताहरू सधैं जनताको साथ हुन्छन् ऊनै मार्फत जनताको समस्या, भावना, र आकाङ्क्षालाई नीति निर्माण तहमा पुर्याउनु पर्छ। सरकार र पार्टी नेतृत्वलाई जनताको आवश्यकता अनुसार काम गर्न सकारात्मक दबाब सिर्जना गर्नुपर्छ ।
जनतासँग प्रत्यक्ष सम्बन्ध: जनतासँगको निकटता, पार्टीको लोकप्रियता र विश्वसनीयता बढाउन लागि महत्त्वपूर्ण हुन्छ। यसले जनताका समस्या बुझ्न र तत्काल समाधान गर्न सहयोग गर्छ । यस मार्फत संगठनको बलियो हुनको साथै विशवास पनि बढछ। पार्टीमा अनुशासन कायम गर्दै, संगठित शक्ति बढाउनका साथै जनताको भावना अनुसार काम गर्ने। कार्यकर्ताको कार्यशैली जनशैली जनमुखी बनाई उदाहरणीय बन्न जनताका तत्त्कालीन र दीर्घकालीन योजना बनाइ कार्य गर्न सकिन्छ। जनताको विश्वास जिती प्रत्येक कार्यकर्ताले पार्टीको नीति र लक्ष्य कार्यन्वयन गरी जनतालाई लक्ष्य प्रति समर्पित गराऊन सक्दछौं ।
लोकतान्त्रिक विधिको प्रयोग: नेतृत्वको छनौट निर्बाचन मार्फत गर्नुपर्छ। निर्वाचान लोकतन्त्रको प्राण हो। निर्बाचनको प्रक्रियामा सहभागी हुँदा पार्टीको नीति र विचारलाई जनतामा स्थापित गर्न सहयोग पुर्याउँछ। निर्वाचन जनता र नेतृत्वबीचको पुलको रूपमा कार्य गर्छ। निर्वाचित नेतृत्व मार्फत विकास र सामाजिक न्यायको प्रवर्द्धन गर्न जरुरी हुन्छ। आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका वर्गको उत्थानमा ध्ययसले विशेष सहयोग पुर्याउछ। जनताको आधारभूत आवशयकता शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
जनआधारित कार्यकर्ताका मापन
जन आधारित कार्यकर्ता निर्माणको लागि निश्चित मापदण्ड हुन्छन्। कम्युनिस्ट पार्टीले यसमा यथोचित ध्यान पुर्याउनुपर्छ ।
वैचारिक स्पष्टता: पार्टीको सिद्धान्त र विचारधारामा दखल राख्ने मार्क्सवाद-लेनिनवाद, जबज र समाजवाद र लोकतन्त्रको मर्म बुझ्ने। पार्टीको घोषणापत्र, रणनीति, र कार्यदिशाको ज्ञान हुने।
नैतिकता चरित्र र आचरण: भ्रष्टाचारमुक्त, पारदर्शी र जनताको विश्वास जित्न सक्ने कार्यकर्ता पंक्ति तयार गर्नुपर्छ। सरल, जनप्रिय र सदा जीवन बिताउने जनताको पहुँचमा रहन सक्ने हुनुपर्छ। व्यक्तिगत स्वार्थभन्दा समाजसेवा र पार्टीको हितलाई प्राथमिकता दिने। समाजमा इमानदार, मर्यादित र अनुशासनपूर्ण व्यवहार गर्ने। जनतासँग घुलमिल हुनु: समाज अर्थात् जनतासँग नङ र मासुको सम्बन्ध बनाउँदै। जनताको पिर, मर्का, पीडा र आकाङ्क्षा र आवश्यकतालाई नजिकबाट बुझ्न सक्ने सहृदयी र सहयोगी भावनाबाट प्रेरित हुनु पर्दछ।
नेतृत्व क्षमता: समुदायमा सक्रिय उपस्थितिको माध्यमबाट जनताको विश्वास आर्जन गर्ने। सबै वर्ग, जाति, लिङ्ग र क्षेत्रका मानिसलाई प्रतिनिधित्व गर्न सक्ने सर्वस्वीकार्य र सर्वग्राहीय हुनुपर्दछ। विकास प्रेमी, जुझारु र साहसी जनताको पक्षमा चट्टान जतिकै उभिने। प्रलोभनमा नपर्ने जनतालाई धोका नदिने आवश्यकता परेको बेला नेतृत्वदायी भूमिका निर्वाह गरी जनताका माग पुरा गराउन सक्षम हुनुपर्दछ। नयाँ र पुरानो पुस्तालाई प्रोत्साहित गर्दै सङ्गठनलाई बलियो बनाई पार्टीको प्रभुत्व जनतामा कायम गर्नुपर्छ।
संगठन निर्माण र विस्तार: पार्टीका नयाँ सदस्यहरूलाई भर्ना गर्ने। पुरानाको नविकरण, संगठनलाई बलियो बनाउन प्रशिक्षण, बैठक र छलफलहरूको नियमित आयोजना गर्ने। पार्टीको नीति र उद्देश्य जनस्तरमा बुझाउने। राम्रो गर्ने सदस्यालाई प्रोत्साहन र गल्त गर्नेलाई दण्डको व्यवस्था गर्ने नेतृत्वको मन, आँखा र कान सधैं चनाखो र जन समुदाय प्रति समर्पित हुनुपर्छ।
जनआधारित कार्यकर्ताको काम
राजनीतिक शिक्षा दिने: कार्यकर्ता समाजको गुरु पनि हो चेलो पनि हो। उसले राजनीतिक शिक्षा प्रदान गर्ने र जनतासँग सिक्न तत्पर हुनुपर्छ। पार्टीको नीति, योजना र उद्देश्यबारे जनतालाई बुझाउने समुदायमा वैचारिक छलफल र बहस चलाउने।राजनीतिक प्रशिक्षणमार्फत जनतालाई सचेत सशक्त र सॅगठित बनाउने।
समस्यको समाधान कर्ता: कार्यकर्तले जनतालाई शिक्षित गर्दै संगठनमा गोलबन्द गर्ने मात्र होइन। जनताले भोगिरहेको समस्या समाधानको पहल गर्ने व्यक्तित्व पनि हो। जनताले दिनान दिन भोगिरहेका स्थानीय समस्या पहिचान गर्ने। समस्या समाधानका लागि पार्टीको तर्फबाट सरोकारवालसँग पुर्याउने समाधान गर्न आवश्यक कदम चाल्ने काम गर्नुपर्छ। तिनै तहको सरकार, पार्टी र अन्य निकायहरूसँग समन्वय गरी माग पुरा गराउन लागि पर्ने ।
आन्दोलनको नेतृत्व गर्ने: नेकपा एमाले सधैं सरकारमा हुँदैन। समुदायमा जनताका मुद्धहरु कुनै न कुनै रुपमा ऊठिरहन्छन। सरकारमा हुदा सरकार मार्फत नहुँदा जन परिचालन गरेर जनताका माग सम्बोधन गर्नुपर्छ। यसै मान्यताको आधारमा पार्टीले सञ्चालन गर्ने कार्यक्रममा सहभागी हुने गराउन, किहलेकाही प्रदर्शन, जनआन्दोलन अन्य कार्यक्रमको नेतृत्व गर्ने। जनतालाई संगठित गरेर सामूहिक शक्ति प्रदर्शन गर्ने। लोकतान्त्रिक प्रक्रियाको मर्ममा रहँदै शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्ने कामको अगुवा गर्नु पर्दंछ।
सरकार र जनताका बिचको पुल हुने: कार्यकर्ता जनता र सरकारको बिचको पुल हो। समस्या समाधानको माध्यम हो। सरकारका नीति, योजना र सेवा जनतासम्म पुर्याउने। जनताको आवश्यकता र सुझाव सरकारसमक्ष पुर्याउने। जनताका अधिकार सुरक्षित गर्न सरकारलाई दबाब दिने कामको अगुवाई गर्ने उसको कर्तव्य हो।
परिवर्तन र सुधारको अगुवाई: जनआधारित कार्यकर्ता कहिले क्रान्ति परिबर्तनको नेता त कहिले समाज सुधारक रुपमा समाजमा भएका विकृति र विसंगतिविरुद्ध अभियान सञ्चालन गर्न पछि पर्नु हुँदैन। महिला, दलित, जनजाति, अल्पसंख्यक र पिछडिएका समुदायको हक र अधिकार सुनिश्चित गर्न सक्रिय रहनु उनीहरुको भरोसा योग्य साथी बनी शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत सेवाको पहुँच विस्तार गर्न भूमिका खेल्न काममा जुटनु पर्दछ।
राजनीतिक लक्ष्य पुरा गर्ने: पार्टीहरु भनेका राज्यसत्ता प्राप्तिको लागि गठन हुन्छन्। राज्यसत्ता प्राप्त गर्न संगठन र जनपरिचालन गर्नुपर्छ। जन निर्वाचन मार्फत राज्यसत्ता प्राप्त गर्नु मुख्य काम पार्टीको हो। त्यस मार्फत जनसेवा गर्नु हो। पार्टीको रणनीति कार्यनीतिको कार्यान्वयन गर्ने (जनआधारित कार्यकर्तालले नीतिलाई व्यवहारमा लागू गर्न अग्रसरता देखाउने हो। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने। समाजवादी सिद्धान्तअनुसार योजना कार्यान्वयनमा गरि राजनीतिक लक्ष्य पुरा हुन्छ ।
जन सहभागिता गराउने: हरेक काममा जनताको सहभागिता सुनिश्चित गर्ने अजेण्डा माथि छलफल गरी निचोड निकाल्ने। निर्णय कार्यन्वयन गर्ने। सार्वजनिक सुनुवाई गर्ने जस्ता काम गरेपछि जनता पार्टी प्रति आकर्षित हुन्छन। तिनै कामले जनमत पार्टीको पक्षमा गोलबद्ध हुन्छ। कार्यर्काताले जनतालाई राजनीतिक प्रक्रियामा सहभागी गराउन सधैं ऊत्पेरित गरिरहनुपर्छ। यस मार्फत स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पार्टीको प्रभाव विस्तार हुन्छ। यी कार्य पुरा गर्न आफू सधैं परिचालित हुनुपर्दछ र मात्र राजनीतिक मिसन पुरा हुन्छ।
लोकतान्त्रिक मूल्य र मान्यता प्रवर्द्धन गर्ने: संवैधानिक व्यवस्था र कानुनी मर्मलाई सम्मान गर्दै काम गर्ने। लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्न सहकार्य र समन्वय गरि पार्टीलाई बलियो बनाउने। संगठनात्मक रूपमा पार्टीलाई सुदृढ बनाउन सदस्यता विस्तार गर्ने। नेतृत्वको विकास गर्दै पार्टीमा नयाँ पुस्ताको सहभागीता बढाउने। स्थानीय स्तरमा जनताको विश्वास आर्जन गरेर पार्टीको साख वृद्धि गर्ने। त्यसको वागी आन्तरिक र बाह्य लोकतन्त्रको अभ्यास मजबुत गराउनुपर्छ। पार्टी परिचालनको जनवादी केन्द्रियताको सिद्धान्त पुर्णत परिपाल्न गरी आन्तरिक जनवादलाई ब्यबाहरत पार्टी जीवनमा प्रयोग गर्न सहयोग गरिनुपर्छ।
बलियो राष्ट्रिय शक्ति निर्माण: संविधानसभा मार्फत संविधान बने पछि पनि मुलुकमा एकल बलियो राजनीतिक शक्ति निर्माण हुन सकेन । मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र संविधान त घोषणाका दुई निर्वाचनले पनि स्थिर सरकार दिन सकेन। मुलुकमा राजनीतिक स्थायीत्व छैन। बाह्यहस्तक्षेप बढिरहेको छ। अर्थतन्त्र र विकासले गति लिन सकेन। शुसान र भ्रष्टचार प्रमुख चुनौती बनेको छ। दलाल पुँजी र विचौलिया शोषणको जरा अर्थतन्त्रमा हाबी छ। यसको अन्तको लागि नेपालरो आधारभूत वर्गसँग एकतावद्घ भई नेकपा एमाले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ। सिद्धान्त नीतिमा एमाले अबल छ। यसलाई कार्यन्वयन गर्न जनआधारित कार्यकर्ता निर्माण र परिचालन गरिनुपर्छ। यसको परिचालन विजयको शुरुवात हो। यो काम हामी २०८१ माघदेखि चैत्रसम्म गर्दैछौं। एकतावद्ध हौ सफलताको शिखर चढौं।
निष्कर्ष
आजको युगमा जनआधारित कार्यकर्ता पार्टी भनेको विचार, संगठन, र व्यवहारको ऊत्कृष्ट नमूना हो। यस्ता कार्यकर्ताहरूले पार्टीको मात्र हित नभएर समग्र समाजलाई प्रगतिशील रुपान्तरण गर्दै न्यायपूर्ण र समृद्ध समाज बनाउने दिशामा काम गर्ने सक्दछ। अर्को शब्दमा “जनआधारित कार्यकर्ता भनेको पार्टी र जनताबीचको सेतु हो, जसले समाजको रूपान्तरण र जनताको हित सुनिश्चित गर्छ।” पार्टीलाई जनताको विश्वासमा आधारित संगठन बनाउँदै समाज परिवर्तन र विकासको नेतृत्व गर्ने सक्षम हुन्छ। यो कार्यकर्ता र जनताबाट अनुमोदन भएपछि सम्भव हुन्छ। पहलकदमी र प्रतिस्पर्धामा श्रेष्टता हासिल गरी जनताको जीविका र विकासको सहयात्री बनाउन सफल हुन्छ। आजका जनआधारित कार्यकर्ता पार्टीले “जनता, कार्यकर्ता र नीति नेतृत्वको समन्वय” मार्फत नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाई २०८४ मा विजय बनाउनु नै प्रमुख कार्यभार हो। यसलाई जीवनमा उतारौं।
(लेखक पूर्वमन्त्री पोखरेल नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं इन्चार्ज हुनुहुन्छ।)
प्रतिक्रिया