काठमाडौं-आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको बोइङ–७३७ विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। कोरिया टाइम्सका अनुसार दुर्घटनामा परी १८१ जनामध्ये ८५ जनाको शव निकालिएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ।
यस बाहेक अन्य ९४ यात्रुको मृत्यु भएको आशंका गरिएको छ। समाचार एजेन्सी योनहापका अनुसार विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो।
अवतरणपछि विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । एजेन्सीका अनुसार विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए । दुर्घटना भारतीय समय अनुसार बिहान स्थनीय समय अनुसार ९ः०७मा भएको थियो । समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको छ । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया