काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको तेस्रो सचिवालय बैठक सम्पन्न गरेको छ। मञ्चको कार्यालय नयाँ बानेश्वरमा २०८१ पुस १५ गते सोमवार सचिवालय बैठक सम्पन्न गरेको हो।
एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिपक दाहालको अध्यक्षतामा कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा एमाले खोटाङ-काठमाडौं सम्पर्क-मञ्चका इन्चार्ज मातृका प्रसाद भट्टराईको प्रमुख अतिथ्यमा सचिवालय बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरेको एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा सम्पर्क-मञ्चका सह-इन्चार्ज नवराज रोकाले जानकारी दिनुभयो।
पुस १५ गते बसेको सचिवालय बैठकले पार्टीको साङ्गठानिक संरचना चुस्त र दुरुस्त राख्ने छलफल भएको सम्पर्क-मञ्चका सह-इन्चार्ज रोकाले बताउनु भयो। छलफलमा आगामी अभियान र क्यालेण्डरमा उल्लेख गरिएका वार्षिक कार्ययोजना विषयमा ध्यानकेन्द्रित रहेको नेता रोकाले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘ सम्पर्कक मञ्चले गर्दै आएको गतिविधिलाई मध्यनजर गर्दै आगामी दिनमा अझै चुस्त र दुरुस्त बनाउने सचिवालय बैठकले निर्णय गरेको छ। सम्पर्क मञ्च अन्तरगत रहेका सबै पालिका मञ्चलाई अझ चलायमान गर्ने बैठकले निर्णय पारित गरेको छ। यस्तै क्यालेण्डरमा उल्लेख गरिएका वार्षिक कार्ययोजनालाई कार्यान्वयन गर्ने सचिवालय बैठकले पारित गरेको छ। यसैगरी २०८१ सालको वनभोज (पिकनिक) पनि गर्ने निर्णय गरेका छौं।’
प्रतिक्रिया