काठमाडौं-नेपाली विद्यार्थी समूह ‘टीम उडान’ अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुने भएको छ। काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले २०२५ जुनमा ESRA द्वारा अमेरिकामा हुने अन्तर्राष्ट्रिय रकेट प्रतियोगिता जनाउन लागेको हाे।
सन् २०२५ को जुन ९ देखि १४ सम्म हुने प्रतियोगितामा विश्वभरका १५० बढी विश्वविद्यालय/कलेजका दुई हजारभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन्।
यसै सन्दर्भमा, ‘टीम उडान’ को प्रतिनिधित्व गर्दै काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूलाई अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी सदस्य इशान पौडेलको अनुरोधमा अनेरास्ववियु काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाको समन्वयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा सात्क्षात्कार विषय प्रस्तुत र छलफल गरेको छ।
२० भन्दा बढी देशका १७० भन्दा समूहहरूबीच प्रतिस्पर्धा गर्दै राष्ट्रलाई गौरवान्वित बनाउन होमिइरहेका काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले बधाई दिनुभएको छ।
नेपालकै विश्वविद्यालयमा बनेको रकेट अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरी सिङ्गो देशलाई प्रतिनिधित्व गर्नु एउटा गर्वको विषय भएको प्रधानमन्त्री ओलीले बताउनु भयो। प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग तथा सुविधाको पूर्णता रहनेछ भन्ने विश्वास दिलाउनुका साथै यस सफलताले नेपालको रकेट इतिहास, विज्ञान र प्रविधिलाई थप उचाई, उर्जा र नयाँ दिशा दिने आशा राख्नुभएको इन्चार्ज धर्मराज तिमिल्सीनाले जानकारी दिनुभयो।
यसमा अनेरास्ववियुले आफ्नो तर्फबाट पनि विभिन्न निकायसँग समन्वय गराउने, तत्काल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग पनि यस विषयमा छलफलका लागि समन्वयात्मक भूमिकामा रही टीम उडानलाई सहयोग गर्ने प्रतिवद्धता अनेरास्ववियु काठमाडौं जिल्ला इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य धर्मराज तिमिल्सीनाले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय रकेट प्रतिस्पर्धामा सहभागी हुन अमेरिका जाने टिमको आर्थिक व्यवस्थापनका लागि दाताहरूको सहयोग आवश्यक रहेको इन्चार्ज धर्मराज तिमिल्सीनाले बताउनु भयो।
प्रतिक्रिया