अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु

एमाले केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु


काठमाडौं-नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुस २१ गतेदेखि सुरु भएको बैठक मंगलवार पनि जारी छ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ। सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बसेको हो।

बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्। त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनुहुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ।

आइतबार बैठककाे पहिलाे दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र  महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।