अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका लमही नगर कमिटी उपसभापति आचार्य एमाले प्रवेश

रास्वपाका लमही नगर कमिटी उपसभापति आचार्य एमाले प्रवेश


दाङ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लमही नगर कमिटीका उपसभापति दिनेश आचार्य नेकपा एमाले प्रवेशमा प्रवेश गर्नुभएको छ।

रास्वपामा परिवारवाद, संगठन निर्माणको क्रममा देखिएको विचलन, समाज रुपान्तरणको निमित्त दुरदृष्टीको अभाव, इमानदार ऊर्जावान साथीहरूलाई पाखा लगाउने काम भएको भन्दै नगरकमिटीका उपसभापति आचार्यले सो पार्टी परित्याग गरेको घोषण गर्नुभएको हो। रास्वपा परित्यागगरेलगत्तै उहाँ एमालेमा प्रवेश गरेको घोषणा गर्नुभयो।

आचार्यलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतनकुमार केसीलगायतले स्वागत गर्नुभयो।