अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन्। जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजेबाट सुरु भएको छ। 

बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भइरहेको संसद् सचिवालयले जानकारी दिएको छ। 

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूचीमा उल्लेख छ।