काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीलाई गौरवमय दिनको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ ।
पृथ्वीजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिंदै भण्डारीले पृथ्वीनारायण शाहलाई आधुनिक नेपाल नेपाल एकिकरणका नायकको उपमा दिनुभएको छ । शुभकामना सन्देशमा भण्डारीले राष्ट्रिय एकता दिवशले नेपाल एकिकरण अभियानको गौरवमय इतिहासको स्मरण गराएको उल्लेख गर्नुभएको छ ।
भण्डारीले लेख्नु भएको छ
तत्कालिन गोरखा राज्यका राजा,आधुनिक नेपाल एकिकरण अभियानका नायक राजा पृथ्वीनारायण शाहको ३०३ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय एकता दिवसले नेपाल एकिकरण अभियानको गौरवमय इतिहासको स्मरण गराँउदै राष्ट्रिय एकता,सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढिकरण गर्दै समृद्ध नेपाल,सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न एबजुट भइ अगाडी बढ्न हामी सबैलाई प्रेरणा प्रद्यान गर्नेछ भन्ने विश्वास लिएको छु ।
प्रतिक्रिया