अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले महासचिव पोख्रेलसहित नेताहरू धनकुटा जाँदै

जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले महासचिव पोख्रेलसहित नेताहरू धनकुटा जाँदै


काठमाडौं-‘जरा’ केन्द्रित अभियानका लागि आज नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू धनकुटा जाँदै हुनुहुन्छ। माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लाग्नु भएको हो।

जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्नुहुने एमाले धनकुटा प्रचार विभागले जनाएको छ।

सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ।

एमाले माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ ।