अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादी कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल एमाले प्रवेश

माओवादी कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल एमाले प्रवेश


सुर्खेत-नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल नेकपा एमाले प्रवेश गर्नुभएको छ। एमाले कर्णाली प्रदेश कमिटीको बैठक चलिरहेको बेला बैठकमा पुगेर माओवादी कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल एमाले प्रवेश गर्नुभएको हो।

रम्तेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय सचिव तथा कर्णाली प्रदेश अध्यक्षसमेत हुनुहुन्छ। युवा नेता रम्तेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशीको असली घोडा बनेर नेपालमा गतिविधि गरिरहेको कारण सो पार्टी त्यागेर एमालेमा समाहित भएको घोषणा गर्नुभयो।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’ देशबिरुद्धको गतिबिधिमा निरन्तर लागिरहनु भयो। उहाँ निरन्तर विदेशीकाे असली घोडा बनेर नेपालमा गतिविधि गरिरहेको कारण अब राष्ट्रवादी कोही पनि माओवादीमा रहनु हुन्न भन्ने निश्कर्षका साथ एमाले रोजेको हुँ’, नेता रम्तेलले भन्नुभयो।

युवा नेता रम्तेललाई एमाले स्थायी कमिटीका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटी र कर्णाली अध्यक्ष गुलावजंग शाहलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको हो।