अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक भोलि बस्दै

एमाले सचिवालय बैठक भोलि बस्दै


काठमाडौं-नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक २०८१ पुस ८ गते बोलाएको छ। बैठक मंगलबार बेलुका ४ बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो। 

सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ। साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उहाँलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन्।