अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौँ-नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज अपराह्न ४ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताउनु भयो।

‘समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने छ, सरकारले हिउँदे अधिवेशनको लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ, हिउँदे अधिवेशनलाई पार्टीको तर्फबाट कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने छ, अन्य चर्चामा रहेका विभिन्न विषमा पनि छलफल हुने छ’, गौतमले भन्नुभयो ।

आजको बैठकमा एमालेमा आउने तयारी गरी रहनुभएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ। गौतमले आफू एमालेमा जाने तयारी गरिरहेको र पार्टीले खबर गर्ने बित्तिकै एमालेमा जाने बताउँदै आउनुभएको छ।

सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ।