काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका दुईवटा योजनाको उद्घाटन र दुईवटाको शिलान्यास गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी तिनाउ गाउँपालिकाको प्रशासकीय भवन पनि आजै उद्घाटन गर्ने तय गरिएको छ । तिनाउको भवन प्रधानमन्त्रीले मध्यान्ह १२.१५ बजे उद्घाटनको तयारी गरिएको छ । यसैगरी बहुचर्चित सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुंग मार्गको पनि आजै प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । सुरुंगमार्ग उद्घाटनको समय १२.५० मा तोकिएको छ । प्रधानमन्त्रीले आजै दिउसो १.१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्नुहने भएको छ । बुटवलको जीतगढीमा शिलान्यास कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया